चन्द्रपुर,५ माघ । नेकपा प्रचण्ड नेपाल समुहले रौतहटको बिभिन्न स्थानमा बिरोध प्रर्दशन गरेको छ । आईतबार प्रचण्ड नेपाल समुहले जिल्ला सदरमुकाम गौर ,चन्द्रनिगाहपुर र मौलापुरमा बिरोध प्रर्दशन गरेको थियो । गौरमा आयोजित बिरोध प्रर्दशन पछि आयोपजत कोणसभा पछि नेता शम्भु साह लगाएतका नेताले प्रधानमन्त्रीको कमद अलोकतान्त्रीक भएको बताएका थिए ।
यता चन्द्रनिगाहपुरमा आयोजित बिरोध ¥याली पछि भएको सभामा नेता देबेन्द्र पटेल र कल्याणी खड्काले प्रधानमन्त्री केपी ओलीले संसद भंग गरेर राम्रो नगरेको बताएका थिए ।
चन्द्रनिगाहपुरमा भएको बिरोध ¥यालीले नगरका बिभिन्न भागको परिक्रममा गरेको थियो । ¥यालीमा सहभागिले सरकार बिरोधी चर्का नारावजी गरेका थिए ।
नेकपा प्रचण्ड नेपाल समुहले रौतहटमा दैनिक जसो सरकारको कदमको बिरोधमा बिभिन्न कार्यक्रम गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here