चन्द्रनिगाहपुर,८ माघ । रौतहटको चन्द्रनिगाहपुरमा जिल्ला स्तरिय आमन्त्रित जुनियर तेक्वाण्दो प्रतियोगिता हुने भएको छ । रौतहट जिल्ला तेक्वाण्दो संघको आयोजना तथा चन्द्रपुर नगरपालिका वडानं ६ को आर्थिक सहयोगमा प्रतियोगिता हुने भएको हो । प्रतियोगिता यही माघ ९ गते ३ बजे उदघाटन हुने र १० गते सम्पन्न हुने तेक्वाण्दोका स्वयमसेवक प्रशिक्षक केशव खड्काले जानकारी दिएका छन् । प्रतियोगितामा रौतहटका २ टिम निजगढ, सिमरा र सर्लाहीका एक एक टिमका बिभिन्न तौल समुहका खेलाडीको सहभागिता रहने प्रशिक्षक खड्काले जानकारी दिएकाछन् ।