सन्तपुर,१० माघ । रौतहटको सन्तपुरमा अन्तर विद्यालय स्तरीय हाजिरी जवाफ तथा बकृत्वकला प्रतियोगीता सम्पन्न भएको छ । चन्द्रपुर नगरपालिकाको वडा नम्बर ८ मा रहेको श्री सुवलाल भागवत माध्यमिक विद्यालयमा शुक्रबार सो प्रतियोेगीता भएको हो । कार्ययोजना कार्यन्वयनका लागी बाल अधिकार सचेतना समुह कोषबाट प्रतियोगीता सम्पन्न भएको प्रतियोगीताका सभा अध्यक्ष मनमोहन सुन्दर श्रेष्ठले बताए । हाजिरी जवाफ तथा बकृत्वकला प्रतियोगीतामा विभिन्न विद्यालयहरुले सहभागीता जनाएका थिए ।प्रतियोेगीतामा प्रथम , द्धितिय तथा तृतिय स्थान हासिल गरेका विद्यार्थीहरुलाई विभिन्न शैक्षिक सामग्रीहरु पुरस्कार स्वरुप प्रदान गरेका थिए । हाजिरी जवाफ प्रतियोगीतामा प्रथम सुरज सापकोटाको समुह , द्धितिय आमोद यादवकोे समुह र तृतिय सन्देश चौधरीको समुह भएका थिए । त्यसैगरि बकृत्वकला प्रतियोगीतामा रुपकला दास प्रथम , चादनी रौनियार द्धितिय र रोविन यादव तृतिय भएको प्रतियोगीताका निर्णयक पुजा पाठकले बताईन । कार्यक्रममा गोेविन्द राम ,रत्ना चौधरी , टेक बहादुर चौरेल , गोमा राइ लगायत विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थीहरुको सहभागीता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here