चन्द्रपुर,१० माघ । लगातारको बाक्लो हुस्सु र तुसारोले तरकारी बालीको उत्पादन लिन नपाइने चिन्ताले रौतहटका तरकारी किसान हैरान भएका छन् । पुस अन्तिम सातादेखि लगातार बढेको बाक्लो हुस्सुसँगैको तुसारोले हरियो तरकारीको बेलो सुकाउनसंगै रोग बढाएपछि यहाका किसानको हैरानी बढेको हो । चिसोले तरकारीबालीको स्याहार केही गर्न नपाइएको यहा“का किसानले बताएका छन् । खेतबारीमा बोट नै नदेखिने गरी तुसारो छ, लगातारको शीतलहरले बोट पहेँलिएका छन्, फल आफैं कुहिएर झर्दैछ, मौसमका कारण तरकारीको स्याहार र उपचार पनि गर्न नपाएको चिन्ताले बिरक्तिएका चन्द्रपुर नगरपालिका–१० श्री नगरका तरकारी किसान रामविनोद महतोले बताए । परवल, सिमी, बोडीसहितका बेला (लहरा) आफैं पहेलिएका र भण्टा, कोभी, टमाटरसहितका बोट क्रक्रिएर फल कालो हुँदै कुहिएर झर्ने गरेको किसान बताउँछन् । झारले तरकारीका बोट छोपिसक्दा पनि मौसमको प्रतिकूलताले गोडमेल गर्न नपाइएको र उपचारले काम नगरेकोे रामविनोदकै छिमेकी अर्का तरकारी किसान धनु महतोले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here