गौर,१२ माघ । ट्रयाक्टर र टेम्पो एक आपसमा ठोक्किदा रौतहटमा ९ जना मानिस घाईते भएका छन् । आईतबार राती ९ बजेको समयमा चन्द्रनिगाहपुर गौर सडक खण्डको यमुनामाई गाउपालिका ५ झुनखुन्वामा झुनखुनवावाट गौर तर्फ आउदैं गरेको ना.१ ह ५३३६ नंम्बरको टेम्पोलाई विपरित दिशाबाट गईरहेको ना.३ त ४०२७ नं.को ट्रयाक्टरले ठक्कर दिएको थियो । टेम्पो चालक राजपुर नगरपालिका १ वस्ने वर्ष ३० को राम मनोज दास सहितका मानिस घाईते भएको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।
घाइतेहरुलाइ जिल्ला सरकारी अस्पताल गौरमा सामान्य उपचार पछि ५ जनालाई थप उपचारको लागि वीरगंज नेशनल मेडिकल कलेज रिफर भएको र अन्यको उपचार गौर अस्पतालमा भईरहेको प्रहरीले जनाएको छ । ट्रयाक्टर र टेम्पो जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा छ । ट्रयाक्टर चालक फरार रहेकाले खोजी भईरहेको प्रहरीले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here