गौर,१२ माघ । नेपाल पत्रकार महासंघ रौतहट शाखाले एक बिज्ञप्ती जारी गर्दै पत्रकारलाई धम्की दिने काम बन्द गर्न चेतावनी दिएको छ । रौतहटको इशनाथ नगरपालिकाका बब्लु भन्ने मोहन मेहताले समाचारको बिषयलाइ लिएर पत्रकार संजय सहनी र किशोरी यादवलाई समाचारको बिषयलाइ लिएर धम्की दिएको प्रति गम्भिर ध्यानाकर्षण भएको बताएको छ । नेपाल पत्रकार महासंघ रौतहटका सचिव गौतम श्रेष्ठले आइतबार एक प्रेस बिज्ञप्ती जारी गर्दे नेकपा ओली समुहका ईशनाथ नगर अध्यक्ष समेत रहेका मेहताले समाचारकै बिषयलाई लिएर कानुनी उपचार खोज्नुको साटो पत्रकारलाई धम्की दिने काम गरेको भन्दै बिज्ञप्ती मार्फत यस्तो काम तत्काल बन्द गर्न चेतावनी दिएको हो ।