गौर,१३ माघ / सवारी दुर्घटनामा परेर थला परेका रौतहटका पत्रकारलाई जिल्लाको एक गांउपालिकाका अध्यक्षले आर्थिक सहयोग गरेका छन् । रौतहटको दुर्गा भगवती गाउ“पालिकाका अध्यक्ष अरुणकुमार साहले पत्रकार रबिन्द्र मण्डललाई ५१ हजार रुपैया सहयोग गरेका हुन् ।
शुक्रबार नेपाल पत्रकार महासंघ रौतहटको ११ साधारण सभामा गाउपालिका अध्यक्ष साहले गरेको घोषणा अनुसार पत्रकार मण्डललाई ५१ हजार रुपैया सहयोग गरेको नेपाल पत्रकार महासंघ रौतहटका सचिव गौतम श्रेष्ठले जानकारी दिएकाछन् ।
लामोसमय देखि पत्रकारिता क्षेत्रमा कृयाशिल मण्डल केहि समय अघि सवारी दुर्घटनामा परेर थल्ला परेका थिय ।
अप्ठोरोमा परेका पत्रकारलाई आर्थिक सहयोग गर्न पाउदा आफुलाई खुशी लागेको अध्यक्ष साहले बताए ।
नेपाल पत्रकार महासंघ रौतहट शाखा सचिव गौतम श्रेष्ठको उपस्थितीमा गाउपालिका अध्यक्ष साहले पत्रकार रबिन्द्र मण्डललाई सो रकम सहयोग गरेको थिए ।
पत्रकार रबिन्द्र मण्डले भने दुखको घडिमा दुर्गा भगवती गाउपालिकाको तर्फबाट सो रकम पाउंदा आफु खुसी भएको बताए । दुखको घडीमा पत्रकारलाई यसरी आर्थिक सहयोग गर्ने रौतहटको पहिलो पालिका दुर्गा भगवती भएको पत्रकार महासंघ रौतहट सचिव श्रेष्ठले बताए । केही समय पहिला रौतहटबाट काठमाण्डौ जाने क्रममा भएको सवारी दुर्घटनामा परेर पत्रकार मण्डल थला परेका हुन् । २०७७ माघ १३ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।