अशोक पहाडी, चन्द्रपुर, १३ माघ ।
आफ्नै जमिनमा घर बनाउने सपना बुनेर मलेसिया गएका रौतहटका एक युवाको सव बाकसमा प्याक भएर आएपछि उनको घरमा यतीबेला सन्नाटा छाएको छ । रौतहटको बृन्दावन नगरपालिका वडानं ४ का ३९ बर्षिय बिरेन्द्र राउन कुर्मीको रोजगारीका सिलसिलामा मेसियामा मृत्यु भएपछि एक महिना दुई दिन पछि उनको शव बाकसमा प्याक भएर आयो ।
जमिनका नाममा आफ्नो एक धुर समेत नरेको कुर्मी परिवारका जेठा छोरा बिरेन्द्र दुई बर्ष पहिला गाउमा दुई लाख ऋण लिएर मलेसिया गएका थिय । गाउमा लिएको ऋण समेत तिर्न नपाउदै छोराको लास आयो ६८ बिर्षय बाबु महेस राउतले तराई एक्सप्रेसलाई सुनाए ।
केही समय दुःख गरेर अनि केही सम्पत्ति जोडेर गाऊमा जमिन किनेर घर बनाउने शोचका साथ मलेसिया गएका श्रीमानको बाकसमा लास आएपछि मुर्छीत छिन् । बिरेन्द्रकी श्रीमती सुखिया देबी आफ्ना तीन छोरा सहित फुसको घरमा क्रियामा बसेकी छिन् । उनले राम्रो खाना नखाएको एक महिना भयो ससुरा महेश राउतले भने । महेस राउतका जेठा छोरा बिरेन्द्र उनका एक भाइ छोरा छन् ।
गाउका सबै बेदेशिक रोजगारीमा गएर आएपछि केही सम्पत्ती जोडेको देखेका बिरेन्द्र समेत काठमाण्डौको स्थित सिजनल म्यानपारबाट मलेसियामा रहेको एक सेलर मिलमा काम गर्न दुइ बर्ष पहिला गएका थिय । मासिक बिस हजारको हाराहारीमा कमाइ गर्दै आएका बिरेन्द्रको मृत्यु भएको राती १२ बजे सम्म श्रीमतीसंग कुरा भएको र बिहान ४ बजे संगै बस्ने साथीले बिरेन्द्रको मृत्यु भएको खबर गर्नुले समेत उनको मृत्यु शंकास्पद रहेको बिरेन्द्रका साढुभाई राम पटेलले बताए । मृतक बिरेन्द्रका १५,१२ र १० बर्षका तीन छोरा छन् । बांसले बारेर टिन लगाएको मुस्कीलले मान्छे उभिन सक्ने घरमा बिरेन्द्रका तीन छोरा ,श्रीमती ,भाई र बाबु आम बस्ने गरेकाछन् ।
बिरेन्द्रको मलेसियामा मृत्यु भएसंगै उनको परिवारको आफ्नै नम्बरी जमिन किनेर एउटा चिटिक्क परेको घर बनाउने सपना चक्नाचुर भएको छ ।
बिरेन्द्रको मृत्यु भएपनि उनको मृत्यु पछि नेपाल सरकार तथा मलेसियामा काम गरेको कंम्पनीले बिमा लगाएतको पैसा चाडै र सहजै पाए केही सजिलो र राहत हुने साढु भाई रामको भनाइ छ । आइतबार बिहान बागमती नदि किनारमा बिरेन्द्रको दाह संस्कार भएको थियो ।
छोराको मृत्यु पछि अव आफ्ना तीन वटा नातीलाई कसरी पढाउने भन्ने चिन्ताले सताउन थालेको मृतकका बाबु महेशको भनाइ छ । देशमा रोगारी नपाएकाले आफुले छोरालाई ऋण काढेर बिदेश पठाएको उनले तराई एक्सप्रेसलाई सुनाए ।
छोराको लाश बाकसमा प्याक भएर आएपछि बिरेन्द्रकी आमाको आंखा रसाउन छाडेका छैनन् । उनी झोपडीको एक कुनामा बसेर रोइरहेकी छिन् । बिरेन्द्रकी श्रीमती सुखिया देबीको अवस्था पनि उस्तै रहेको छ । उनी राम्रोसंग कसैसंग बोल्ने अवस्थामा छेनन् । घरको जेठो छोराको कमाइ खाने आशमा रहेका बिरेन्द्रका बाबु महेसलाई अव बाकी परिवारको गुजारा कसरी चलाउने हो भन्ने चिन्ताले सताउन थालेको छ ।

