बारा, १३ माघ । बारामा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । दुर्घटनामा खोटाङ बस्ने ३६ वर्षीय लाल बहादुर पाण्डेको मृत्यु भएको हो । बाराको जितपुर सिमरा उपमहानगरपालिका–९ छातापिपरा भित्री सडक खण्डबाट वीरगञ्ज–पथलैया सडक खण्डस्थित छातापिपरा निस्कने क्रममा बा.३ क ३७३६ नम्बरको मिनी ट्रकले पैदल यात्रु पाण्डेलाई ठक्कर दिएको थियो । मिनी ट्रकको ठक्करबाट गम्भीर घाइते भई उपचारको लागि नारायणी अस्पताल वीरगञ्ज ल्याइएको थियो । उपचारको क्रममा उनको सोमबार राती मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।