रुपेन्द्र पटेल,रौतहट,१५ माघ । नेपाल तरुण दल रौतहटको उपसभापतीमा शोभित सिलवाल मनोनित भएका छन् । जिल्ला कार्य समिति रौतहटले उप–सभापति पदमा सोभित सिलवाललाई सर्बसम्मत चयन गरेको हो । नेपाल तरुण दलको रौतहट जिल्ला सदस्यमा रही पार्टी प्रति बफादार तथा निष्ठावान भई कार्य गर्दै आएकोमा नेपाल तरुण दल रौतहट जिल्ला कार्य समितिले सिलवाललाई उप–सभापति पदमा चयन गरेको नेपाल तरुण दल रौतहट जिल्ला कार्य समितिका सभापति मोहमद नौसाद आलमले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here