जनकपुर,१५ माघ / प्रदेश २ का दुई जिल्ला कोरोनामुक्त भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले सोमवार सार्वजनिक गरेको विवरण अनुसार सप्तरी र रौटहट कोरोनामुक्त भएको हो ।
निर्देशनालयका निमित्त निर्देशक विजय कुमार झाका अनुसार अब यस प्रदेशमा मात्र ८५ जना सक्रिय संक्रमित छन् ।
सबैभन्दा बढी पर्सामा ३२ जना सक्रिय संक्रमित छन्। सक्रिय संक्रमितमध्ये एक जना आइसोलेसनमा र बाँकी सबै होम आइसोलेसनमा छन् ।
धनुषामा २२, महोत्तरीमा १३, सर्लाहीमा १०, सिरहामा ५ र बारामा ३ जना सक्रिय संक्रमित रहेको निर्देशनालयको तथ्यांकले देखाएको छ । हालसम्म यस प्रदेशमा १७ हजार १७९ जनामा कोरोना पुष्टि भएको छ । कोरोनाबाट २०९ जनाले ज्यान गुमाएका छन् ।