गौर,१८ माघ । सरकारले नेपाल भारतको ३० वटा सीमा नाका खुलाउने निर्णय गरेपनि रौतहटको गौर नाका र बंकुल नाका खुल्न सकेको छैन । कोभिड १९ महामारीका कारण गत चैत १० देखि बन्द गरिएको नाका खुलाउन गृह मन्त्रालयले बिहीबार जिल्ला प्रशासन कार्यालयलाई नाका खुलाउन पत्रचार गरेको थियो । तर, भारतले नाका नखुलाउंदा रौतहटको सीमा नाका बन्द नै रहेको छ । गृह मन्त्रालयको पत्राचारपछि रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, गौर नगरपालिकाका नगर प्रमुख अजयकुमार गुप्ता, जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख सिद्धि विक्रम शाह, रौतहटका सशस्त्र प्रहरी बल प्रमुख सुरज सेन ओलीलगायतको टोली सीमा क्षेत्रमा पुगेको थियो । नेपाल सरकारको निर्णयअनुसार सीमा क्षेत्रमा हेल्प डेक्स स्थापना गरी सीमा क्षेत्रमा आवतजावत गर्नेको अभिलेख राख्न स्थानीय प्रहरी चौकीलाइ निर्देशन दिएको प्रजिअ यादवले बताए । नेपाल पक्षले सीमा क्षेत्र खुलाए पनि भारतीय पक्षले नखुलाएको यादवले जानकारी दिए । भारततर्फको नाका बन्द हुंदा नेपालीले घरायसी सामान खरिद, नातागोता भेटघाट र खेतीपातीका लागि समेत सहजै ओहोरदोहोर गर्न पाएका छैनन् । सीमानाका लामो समयसम्म पनि नखुल्दा रौतहट जिल्लाका स्थानीयवासी किनमेल लगायत भारत जा“दा समेत पुलमुनि, खोलाको बाटो तथा चोरबाटो प्रयोग गर्न बाध्य भएका छन् ।
व्यवहारमा भने सीमा खुला नै छरुतर पुर्ण रुपमा नाका नखुल्दा सर्वसाधारणहरु पुलमुनि, खोलाको बाटो तथा चोरबाटो भएर लामो समयदेखी आवतजावत गर्दै आएका छन । पहिलाका सञ्चालित पुल सडकका नामको मात्र सीमानाका बन्द गरिदा स्थानीयवासी मारमा परेका छन् । जिल्लाको ब्रह्मपुरीमा रहेको झिम नदीमा रहेको पुल बन्द भए पनि सर्वसाधारण पुलमुनिको खोलाबाट आवतजावत गर्ने गर्दछन् । सर्वसाधारणलाई खोला, चोरबाटो र पुलमुनिबाट आवतजावत गर्दा सुरक्षाकर्मीको त्रास उत्तिकै रहेको छ दैनिक उपभोग्य वस्तु, कपडालगायत सामान भारतीय बजार सुनवर्षाबाट चोर बाटो हुदै नेपालतर्फ आउने गरेको छ । साझ र बिहान साइकल, मोटरसाइकल तथा ठूलाठूला पोका बनाएर टाउकोमा बोकेर व्यापारीको सामान तस्करी गर्नेहरू रौतहटको विभिन्न बजारसम्म पुग्ने गरेका छन् । प्रदेश २ का आठवटै जिल्ला भारतीय सीमासँग जोडिएका छन । केहि दिन अघि मात्रै सिमा नाका खुल्ला गर्नुपर्ने माग गर्दै विभिन्न राजनैतिक दल सहित स्थानीयहरुले धर्ना दिएपछि गृह मन्त्रालयको आदेशमा जिल्ला प्रशासन कार्यालय रौतहटले आशिंक रुपमा गौर नाका सुचारु गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here