रौतहट,१९ माघ । नेपली काग्रेस निकट तरुण दलले रौतहटको चन्द्रनिगाहपुरमा सरकार बिरोधी प्रर्दशन गरेको छ । तरुण दल रौतहटको आयोजनामा भएको बिरोध प्रर्दशनले चन्द्रपुर नगरको बिभिन्न भागको परिक्रममा गरेको थियो । बिरोध प्रर्दशन पछि चन्द्रनिगाहपुर स्थित मेन चोकमा आयोजित कोणसभामा नेपाली काग्रेस रौतहटका सभापति कृष्ण प्रसाद यादव ,तरुण दल रौतहटका सभापति नौसाद आलम ,पुर्व सांसद देव प्रसाद तिमलसिना, प्रदेशसभा सदस्य धनलाल ठोकर लगाएतका बक्ताले सरकारको कदम गैरसंबैधानी भएको बताएका थिय । जिल्ला भरका दरुणदलका नेता तथा कार्यकर्ताको सहभागिता रहेको बिरोध प्रर्दशनमा प्रर्दशनकारी सरकार बिरोधी चर्को नारावाजी गरेका थिय । तरुणदल केन्द्रको कार्यक्रम अनुसार सोमबार रौतहटमा बिरोध प्रर्दशन भएको तरुणदल रौतहटका उपसभापति शोभित सिलवालले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here