ओम प्रकाश यादव
गरुडा, २२ माघ ।
नेकपा प्रचण्ड–नेपाल समूहले विहिवार आह्वान गरेको आमहड्तालको रौतहटमा आशिंक प्रभाव परेको छ । रौतहटको केहि ठाउँमा नेकपाका नेता तथा कार्यकर्ताहरु सडकमा देखिएपनि खासै हड्तालको प्रभाव देखिएको छैन । जिल्लाको सदरमुकाम गौर, गरुडा, चन्दनिगाहपुर लगायतको ठाउँमा केही नेताहरु देखिएपनि अन्य ठाउँमा बन्दकर्ताहरु देखिएका छैनन् । प्रतिनिधिसभा ९संसद० विघटन विरुद्ध आन्दोलनरत दहाल नेपाल समुहले सरकारले संविधानलाई बेवास्ता गर्दै संवैधानिक निकायहरुमा नियुक्ति गरेको भन्दै त्यसको विरोधमा विहिवार देशव्यापी आम हड्ताल घोषणा गरेको छ । बन्दको प्रभाव रौतहटमा आशिंक रुपमा मात्र परेको देखिएको छ । जिल्लाको सदरमुकाम गौर, कटहरिया, चन्द्रनिगाहपुर बजारमा रहेको अत्यआवश्यक बाहेकका पसल, शैक्षिक संस्था, उद्योग, कलकारखाना, छोटो तथा लामो दुरीका सार्वजनिक यातायातका साधन समेत बन्द रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here