बर्दिवास, २२ माघ । महोत्तरीको बर्दिवासमा प्रहरीले लाठी चार्ज गर्दै राजमार्ग खुलाएको छ । आज बिहानैदेखि प्रचण्ड–नेपाल पक्षका नेकपाका नेता कार्यकर्ताहरुले पूर्व –पश्चिम राजमार्ग अन्र्तगत महोत्तरीको बर्दिबासमा राजमार्ग बन्द गराएका थिए । एसपी, डीएसपी नेतृत्वको टोलीले बल प्रयोग गर्दै राजमार्ग खुलाएको हो । प्रहरीले स्कटिङ्ग गरेर गणतब्य तर्फ सवारीसाधनलाई पठाइरहेका छन् । बर्दिबास बन्द गराउन नपाईने भन्दै केपी पक्षका कार्यकर्ता र स्थानीयहरुले नाराबाजी गर्दै बन्द सडक खुलाउन प्रहरीलाई दबाब दिएका थिए । ५ घण्टादेखि राजमार्ग बन्द खुलाउन प्रयासरत रहेका प्रहरी टोलीले त्यसपछि लाठी चार्ज गर्दै सडक खुलाएको हो । संसद विघटन र संवैधानिक आयोगहरुमा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको असंवैधाननिक कदम विरुद्ध प्रचण्ड—माधव पक्षका नेकपाका कार्यकर्ताहरुले बर्दिबाससहित देशैभरी आमहड्ताल गरेको छ ।