पर्सा, २२ माघ । पर्सामा लागुऔषध सेवन गरेका श्रीमान–श्रीमतीबीच विवाद हुँदा पतिले पत्नीको हत्या गरेका छन् । भारतको बिहार पुर्वी चम्पारण थाना रामगढवा ग्राम चम्पापुर घर भई हाल पर्साको वीरगञ्ज महानगरपालिका–११ स्थित डेरा गरी बस्ने असरफ मियाँले श्रीमती बाराको जितपुर सिमरा घर भएकी २३ वर्षकी मनु थापा क्षेत्री भन्ने युनिका थापाको हत्या गरेका हुन् ।