बृन्दावन, २३ माघ । रौतहटमा एक जनाको शव फेला परेको छ । जिल्लाको बृन्दावन नगरपालिका वडा नम्बर ९ भुषहास्थित गहुँबारीमा एक युवकको बेवारिसे अवस्थामा शव भेटिएको प्रहरीले जनाएको हो ।
बिहीबार साँझ करिब ६ः५० बजेको समयमा अन्दाजी ३०—३५ वर्षीय पुरुषको शव गेहुँबारीमा मृत अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय गरुडाले जानकारी दिए । हाल मृतकको पहिचान हुन सकेको छैन् । यसबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here