जनकपुर,२४ माघ । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले दलितमाथिको विभेद अन्त नभएसम्म विकास र समृद्धिको परिकल्पना सम्भव नरहेको बताएका छन् । समता फाउण्डेशनले शुक्रबार जनकपुरधाममा आयोजना गरेको सामाजिक न्यायका लागि सबलीकरण कार्यक्रमको समुदघाटन गर्दै मुख्यमन्त्री राउतले यस्तो बताएका हुन् ।
प्रदेश सरकारले प्रदेशको समृद्धि र विकासको लागि पछि पारिएका समुदाय दलित, महिला, मुश्लिम लगायतको उन्नति र विकासको लागि अनेकौं योजना ल्याएको पनि बताए । मुख्यमन्त्री राउतले प्रदेश सरकारले ल्याएका योजनाहरुको प्रतिफल ५(१० वर्षपछि समाजले अनूभूति गर्ने बताए । संविधानले सुनिश्चित नगरेको भए जनप्रतिनिधिमा उनीहरूको सहभागिताको परिकल्पनासमेत गर्न सक्दैन्थ्यो भन्दै उनले त्यसैकारण आफूहरू हरेक ऐन कानुनमा दलित महिला मुश्लिम लगायतका समुदायको पहुँचलाई सुनिश्चित गर्दै गएको बताए । कार्यक्रममा प्रदेश सभा सदस्य चमेली देवी दास, दलित अगुवा भोला पासवान लगायतले सम्बोधन गरेका थिए ।