काठमाण्डौ,२४ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को ओली पक्षीय सभालाई सम्बोधन गर्दै गृहमन्त्री रामबहादुर थापाले प्रचण्ड–माधव नेपाल समूहले सञ्चालन गरेको आन्दोलनलाई अपराधीको संज्ञा दिएका छन् । नेकपाको प्रधानमन्त्री ओली समूहको बागमती प्रदेशले आयोजना गरेको सभामा बोल्दै नेता बादलले मांसाहारी आन्दोलनको घोषणा गरेको समूहलाई संविधान र कानुनले अपराधी घोषणा गर्दै जावलाखेलको चिडियाखानामा लगेर थुन्ने बताए । केहीले भ्रम छर्दै छन् । मांसहारी आन्दोलन गर्छु भन्दै हिँडेका छन्। ती मांसाहारी आन्दोलन गर्छु भन्नेलाई संविधानले कानुनले अपराधी घोषणा गर्छ। मांसाहारी आन्दोलन गर्छु भन्नेलाई जावलाखेलको चिडियाखानामा लगेर थुन्छौं, प्रचण्डको नाम नलिइ उनले भने । केही समय अगाडि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शाहकारी आन्दोलनले नपुग्ने भन्दै मांसाहारी आन्दोलन आवश्यक रहेको बताएका थिए । गृहमन्त्री थापाले प्रतिगमनको विरुद्धमा तेस्रो जनआन्दोलनको उद्घोषसमेत गरे । आजको उपस्थितिले देखाएको छ, तेस्रो जनआन्दोलन सुरुवात भएको छ । प्रतिगमनको विरुद्धमा नया जनआन्दोलन सुरुवात गरेका छौं,उनले भने । सरकार, राष्ट्रपति र प्रधानमन्त्रीलाई अपदस्त गर्न खोजेपछि अहिलेको परिस्थिति सिर्जना भएको भन्दै उनले यस परिस्थितिको अन्त्य गर्नका लागि आन्दोलन आवश्यक रहेकोसमेत बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here