रौतहट,२५ माघ । जिल्ला ट्राफिक प्रहरी कार्यलय रौतहटले बिभिन्न चेतना मुलक कार्यक्रम थालेको छ । त्यसै अन्र्तगत जिल्लाको डुमरिया अस्थायी ट्राफिक प्रहरी पोष्टले डुमरिया माबिमा अध्यानरत विद्यार्थीहरुलाई ट्राफिक नियम सम्बन्धी चेतना मुकलक कार्यक्रम गरेको छ । सो विद्यालमा कक्षा ८ र ९ मा अध्यान गर्ने विद्यार्थीहरुलाई ट्राफिक नियम तथा सवारी दुर्घटना न्युनिकरण सम्बनधी चेतना मुलक कार्यक्रम गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यलय रौतहटका प्रमुख प्रहरी निरीक्षक शैलेस न्यौपानेले जानकारी दिएका छन् । डुमरिया अस्थायी ट्राफिक प्रहरी पोष्टका प्रहरी सहायक निरीक्षक प्रभु नारायण चौधरीले विद्यार्थीहरुलाई ट्राफिक नियम तथा सवारी दुर्घटनाबाट बच्ने उपायका बारेमा जानकारी दिएका थिय ।

फाइल फोटो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here