चन्द्रपुर,२५ माघ । रौतहटको चन्द्रपुर नगरपालिका–४ मा रहेको सिभिल हस्पिटल चपुर प्रा.लि.मा प्रसुति सेवा सञ्चालन भएको छ । गत कात्तिक १४ गतेदेखि सञ्चालनमा आएको सो अस्पतालमा शुक्रबार गढिमाइ नगरपालिका–१ समनपुर निवासी विन्दूदेवीले एक शिशुलाई जन्म दिएकी छन् ।
उक्त अस्पतालमा कार्यरत डाक्टर मोहम्मद नसिर नेतृत्वको टोलीले सामान्य प्रसुतिको माध्यमबाट विन्दूदेवीलाई प्रसुति गराएको अस्पतालका सञ्चालक राजन कुमार साहले जानकारी दिए । उनले अस्पतालले पहिलोपटक प्रसुती गराएको र त्यसमा सफलता हासिल भएकोमा खुसी व्यक्त गर्दै आमा र बच्चा दुबैको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिए । आफ्नो गाउ“घरमै श्रीमतीलाई सुरक्षित र सुलभ तरिकाले प्रसुति गराउन पाएको खुसी व्यक्त गर्दै शिशुका बाबु बाल किशोर रामले अस्पताल र चिकित्सकको टोलीलाई धन्यवाद दिए । आफूहरुको पहिलो सन्तान भएकाले के होला ? कस्तो होला ? भन्ने चिन्ता लागेपनि चिकित्सक र अस्पतालको प्रयासले सुरक्षित प्रसुति गराउन सकिएको उनको भनाइ छ ।
रौतहट जिल्लामै सुविधा सम्पन्न प्रसुती सेवाको सो अस्पतालले प्रदान गर्ने उद्देश्यले भौतिक संरचनाको विकास गरिएको अस्पतालका संचालक राम किशोर साहले बताए ।
उनले सुरक्षित र सुविधासम्पन्न प्रविधिको अभावका कारण रौतहट जिल्लाबाट प्रसुति गराउन बिरगंज, भरतपुर लगायतका सहरका अस्पतालहरुमा जानुपर्ने वाध्यताको अन्त्य गर्न अस्पताल लागिपरेको बताउदै आगामी दिन अझ बढी प्राविधिक रुपमा अस्पताललाई विकास गर्ने लक्ष्य रहेको जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here