गौर,२७ माघ । रौतहटबाट स्रोत नखुलेको झण्डै २२ लाख रुपैयाँसहित एक व्यक्ति पक्राउ परेका छन् । गौर नगरपालिका–४ बसपार्क नजिकैको सडकबाट परोह नगरपालिका–१ जिँगडवा वेलविछुवाका २७ वर्षीय मोहमद दिलसाद आलम सोमबार पक्राउ परेका हुन् । रौतहटका प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठका अनुसार स्कुटरमा सवार आलमको साथबाट २१ लाख ९० हजार रुपैया बरामद भएको छ । रु. १ हजार दरका १८१०, रु. ५ सय दरका ४८०, रु. १ सय दरका ३००, रु. ५० दरका १८००, रु. २० दरका ९०१ र रु. १० दरका २०० वटा नोट बरामद भएको श्रेष्ठले बताए । मोहमद दिलसाद आलमको नाममा ३१ लाख १६ हजार उल्लेख भएको चेकसमेत बरामद भएको उनले बताए । पक्राउ परेका आलमलाई सम्पत्ति शुद्धीकरण विभागमा आवश्यक कारबाहीका लागि पठाइएको श्रेषठले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here