गरुडा,२७ माघ । जिल्लाको तीन मुख्य स्थान गौर, गरुडा र चन्द्रनिगाहपुरमा नेकपा प्रचण्ड—माधव समुहले ठूलो संख्यामा मसाल जुलुस निकालेको छ । प्रधानमन्त्री खड्ग प्रसाद ओलीको असंबैधानिक कदम र गैर कानुनी संबैधानिक नियुक्तिको विरोधमा सोमबार साझ मसाल जुलुस गरिएको हो । मसाल जुलुसमा सहभागी सो सममुहका नेता तथा कार्यकर्ताहरुले माघ २८ गते संघीय राजधानी काठमाडौंमा हुने विरोध सभा सफल पारौ, अबैधानिक नियुक्ति खारेज गर, गृहमन्त्री मुर्दाबाद, केपी ओली मुर्दाबाद लगायतका सरकार विरोधी नारा लगाएका थिए ।
प्रतिनिधि सभा विघटनको विरुद्धमा आन्दोलन गर्दै आएको प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री ओलीले एकलौटी रूपमा संवैधानिक निकायमा नियुक्ति गरेको भन्दै सोमबार देशभर नै मसाल जुलुस सहित प्रदर्शन गरेको छ । चन्द्रनिगाहपुरमा भएको मसाल जुलुस मुख्य चौक परिक्रमा सहित कोणसभामा परिणत भएको थियो । कोणसभा लाई सम्बोधन गर्दै संविधानसभा सदस्य देवेन्द्र पटेलले संबिधान र जनमतको रक्षाको निम्ति आफूहरु सडक संघर्षमा आउनु परेको र संसद विघटनको असंवैधानिक कदमका विरुद्द शान्तिपूर्ण विरोध कार्यक्रममा प्रहरीले दमन गर्न खोजे त्यसको एक एक हिसाब किताब राखिने र प्रहरी प्रशासन पनि असंवैधानिक कदम चाल्ने खड्ग ओली कै मतियार रहेको आफ्नो ठहर रहने हुंदा आन्दोलनमा साथ र सहयोग गर्न आग्रह समेत गरेका छन् । यता नेकपा जिल्ला अध्यक्ष कमल यादवको अध्यक्षतामा आदोलन परिचालन नगर संघर्ष समिति कटहरियाको नसरूदिन अंसारीको नेतृत्व मा मसाल जुलुस प्रदर्शन गरिएको थियो । कार्यक्रमको कोण सभामा जिल्ला अध्यक्ष कमल यादवले भने हामी सोमबार देश भरी एकै साथ मसाल जुलुस प्रदर्शन कार्यक्रम को आयोजना गरेको बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here