कुनै पनि समयमा गर्भावस्थाको परीक्षण आवश्यक हुन सक्छ । असुरक्षित यौन सम्पर्कको कारण होस् या चाहेरै राखिएको गर्भको समेत परीक्षण गर्न समेत यो किट प्रभावकारी मान्न सकिन्छ । सामान्यतया प्रेग्नेन्सी टेस्ट किट दुई प्रकारको हुन्छ ।
१ स्ट्रिप प्रेग्नेन्सी टेस्ट
यो प्रेग्नेन्सी टेस्ट किटको प्रमुख प्रकार हो । तपाईं आफ्नो पिसाबको धारमा यसलाई देख्न सक्नुहुन्छ । यदि तपाईंको पिसाबमा एचसीजी हार्माेन मिसिएको छ भने स्ट्रिपको एक किनाराको रंग परिवर्तन हुने गर्छ । यसले संकेत गर्छ कि तपाईं गर्भवती हुनुभएको छ ।
२. कप परीक्षण किट
यस किटमा परीक्षण उपकरणको साथ पिसाब एकत्रित गर्नको लागि एक कपको व्यवस्था हुन्छ । यस कपमा पिसाब लिएपछि परीक्षण उपकरणलाई कपमा डुबाउनुहोस् । यदि पिसाबमा एचसीजीको मात्रा देखिएको छ भने यसको रंग बदलिन्छ । यस्तो अवस्थामा तपाईं गर्भवती भएको पुष्टि हुन्छ ।
प्रेग्नेन्सी टेस्ट किटको फाइदा
प्रेग्नेन्सी टेस्ट किटको उपयोग हरेक पटक डाक्टरलाई देखाउनुपर्ने समस्याबाट बचाउनको लागि उपयोगी हुन्छ । जुन महिला गर्भवती हुन्छिन्, त्यतिबेला आफ्नो स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिनको लागि गर्भावस्था परीक्षण किटको एउटा सानो प्याक राख्ने गरिन्छ । एक पटक परिणाम सकारात्मक आएपछि त्यो प्रसवपूर्व परीक्षणको लागि अस्पताल जाने गरिन्छ ।
अर्काेतर्फ अहिले नै गर्भ राख्न नचाहेका महिलाहरूको लागि पनि असुरक्षित यौनसम्पर्क भएको अवस्थामा यस्तो परीक्षण किटले उनीहरूलाई गर्भ रहेको वा नरहेको पत्ता लगाउन मद्दत गर्ने गर्छ । समयमै यसको बारेमा जानकारी मिल्यो भने गर्भ फाल्न सकिन्छ । अतः यो दुवै पक्षको लागि फाइदाजनक मानिन्छ ।
प्रेग्नेन्सी टेस्ट किट कस्तो अवस्थामा प्रयोग गर्ने ?
यदि तपाईं पहिलेदेखि नै प्रेग्नेन्सीको कोसिसमा हुनुहुन्छ या कुनै पनि अन्य कारणले असुरक्षित संभोग भएको अवस्थामा यो किटको परीक्षण आवश्यक हुन्छ । कहिलेकाही कुनै कारणले कण्डम या अन्य गर्भनिरोधक औषधिहरुले काम नगर्न सक्छ । त्यस्तो अवस्थामा सहजै यो परीक्षणविधिको माध्यमबाट प्रेग्नेन्सी टेस्ट गरेर आफू सुरक्षित हुन सकिन्छ ।
सामान्यतया गर्भाशयमा अण्डा प्रत्यारोपित ५ देखि १२ दिनपछि पिसाबमा एचसीजीको मात्रा देखिन थाल्छ । प्रेग्नेन्सी टेस्ट किटको उपयोग गर्ने सबैभन्दा राम्रो समय भनेको बिहानको समय हो । जब गर्भावस्थाको हार्माेन पिसाबमा आफ्नो अधिकतम स्तरमा हुन्छ भने एक सटिक परिणाम प्राप्त गर्ने सम्भावना अघिल्लो दिनको पिसाबमा सबैभन्दा धेरै हुन्छ ।
यसका अतिरिक्त यदि तपाईंले असुरक्षित यौन सम्बन्ध राख्नु भएको छ र तपाईंको महिनावारी रोकिएको छ वा थकान, स्तनमा हल्का दुखाइ आदिको महसुस भयो भने जाँच्नु आवश्यक हुन्छ कि तपाईं गर्भवती हुनु भयो कि भएन ?
प्रेग्नेन्सी टेस्टको कसरी गर्ने प्रयोग ?
प्रेग्नेन्सी टेस्ट किटको प्रयोग सजिलै गर्न सकिन्छ । हिजोआज कैयौं किसिमको किट उपलब्ध छ । तर यसको प्रयोगको तरिका एक समान हुने गर्छ । तपाईं आफ्नो किटका अनुसार जुनसुकै विधि अपनाउन सकिन्छ । सो विधिमा पिसाबको नमुना उपयोग गर्नका लागि मिडस्ट्रीम नमुनाको उपयोग गर्न सकिन्छ । जसको अर्थ हो कि पिसाबलाई एकत्रित गर्नुभन्दा पहिले थोरै पिसाब निस्किन दिनुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here