गौर,२७ माघ । नेपाल सरकारले भारतीय सीमा नाका खोल्ने निर्णय गरेको डेढ साता बित्दा समेत रौतहटको सदरमुकाम गौर स्थित भारतीय सीमा नाका अझै पनि खुल्न सकेको छैन । गत माघ १५ गते विहिबार नेपाल सरकारको गृह मन्त्रालयबाट जिल्ला प्रशासन कार्यालय गौरलाइ मुख्य सीमा गौर नाका खुला गरिएको पत्र आएको थियो । गृह मन्त्रालयबाट जिल्ला प्रशासन कार्यालय गौरलाई पत्र पठाएको डेढ हप्ता बित्दा समेत उक्त नाका सूचारु हुने सकेको छैन । कोरोना भाईरसको संक्रमण विरुद्ध नेपाल सरकार र भारतीय सरकारले चालेको कदम अन्तर्गत गत चैत १० गतेबाट भारतीय सीमा नाका हुंदै नेपालबाट भारत तथा भारतबाट नेपालतर्फ जुनसुकै सबारी साधन सहित सर्बसाधारणको पैदल आवागमन समेत रोकिएको थियो । लामो समयदेखि भारतीय नाका बन्द हुंदा निकै मार परेको भन्दै सीमा क्षेत्रका नागरिकले पटक–पटक धर्ना, आन्दोलन समेत गरेका थिए ।पछिल्लो केही समययता भने दुवै देशका सुरक्षानिकायले सर्बसाधारणको पैदल आवतजावतमा केही खुकुलो बनाएको स्रोतले बतायो । मुख्य नाकाबाट आवतजावत बन्द भएपनि खेतको चोर बाटो हुंदै दुवै देशका नागरिक थो–थोरै सामानहरु किनेर ओहोरदोहोर गरिरहेका छन् । सदरमुकाम मलंगवा स्थित कोल्डस्टोर चोक र भन्सार कार्यालय पछाडीको खेतको बाटोबाट मात्र दैनिक सयौं सर्बसाधारण सामान बोकेर ओहोर दोहोर गरिरहेका देखिन्छ । नेपाल–भारत सीमाबन्दीले सीमावर्ती क्षेत्रमा आर्थिक, सामाजिक र सांस्कृतिक गतिविधिलाई प्रभावित बनाइरहेको बेला नेपाल पक्षले मुख्य नाका खोल्ने निर्णय गरेपनि भारतीय पक्षको अवरोध कायमै रहेको छ । सोमबार गौर नगरपालिकाले नाका खोल्नको लागी भारतिय महाबाणिज्य दुताबासलाइ पत्र काटेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here