चन्द्रपुर, २८ माघ । प्रधानमन्त्री केपी ओली नेतृत्वको नेकपाका नेता बालकृष्ण सापकोटा सक्रियतामा अरर्बौको लगानीमा पूर्वाधार निर्माणको काम भैरहेको छ । नेता सापकोटा शहरी विकास मंत्री प्रभु साहको स्वकीय सचिव हुन। उनको सक्रियतामा र मंत्री साहको पहलमा भौतिक निर्माण कार्यले गति लिएको छ । चन्द्रपुर नगरपालिका ८ र ९ वडामा २ कि.मि लाईनिङ ,चाँदी खोलामा तटबन्ध ५ सय मिटर,तराई मधेश समृद्धि कार्यक्रम अन्तर्गत पौराई ब्रह्मस्थान मन्दिर परिषरमा ३० लाख रुपैयाको लागतमा सिन्दुरेघारि धर्मशाला निर्माण भएको सचिव सापकोटाले बताएका छन । त्यसैगरी मोतिपुरमा ३५ लाखको लागतमा छठिघाट निर्माण , ३५ लाखको लागतमा मेनुका सिमसार प्राबि को भवन निर्माण,१ करोडको लगानीमा मरधर सिमसार ताल सौन्दर्यकरण गरिएको मन्त्री प्रभु साहका स्वकीय सचिव बालकृष्ण सापकोटाले जानकारी दिएका छन । सहरी बिकास मन्त्रालयबाट मरधर सिमसार देखि सिन्दुरेघारी सम्म को बाटो स्तरोन्नति २ कि.मि ,सहरी बिकास मन्त्रालयबाट मरिनटोल देखि चेतनगर बजार सम्मको सडक स्तरोन्नति,मरधर गाँउको सडक स्तरोन्नति गरिएको छ । उता स्मार्ट सिटि अन्तरगत चन्द्रपुर आर्मी क्याम्प देखि मोतिपुर ,सिन्दुरेघारी, डुमरिया सडक कालो पत्रे,बनटोल जुडबेला फुलवारी कलटोल सम्म सडक कालो पत्रे,डुमरिया ,बनबहरी, रंगपुर सडक कालो पत्रेको लागि डिपिआर भई टेण्डर प्रक्रियामा रहेको सचिव सापकोटाले बताएका छन । मरधर सिमसार ताल सौन्दर्यकरण निमार्ण,जनजाति आदिवासी सग्रालय निर्माण, मंगलपुर दोभान सडक कालो पत्रे,चन्द्रपुर न.पा. ६ मा गुम्वा निर्माण , नयाँबस्ति कटानि गाउमा अधुरो बाटो कालो पत्रे सन्तपुर कृष्ण मन्दिर परिषदको पुर्वाधार निर्माणको लागि टेण्डर हुन उनले बताए। नेकपा प्रदेश २ का अध्यक्ष तथा मन्त्री प्रभु साहको बिशेष पहलमा उक्त कार्यहरुको प्रगति भएको सचिव सापकोटाले जानकारी दिएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here