रुपेन्द्र पटेल
चन्द्रनिगाहपुर,२९ माघ । बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न दोषीमाथि कडा कार्बाहीको माग गर्दै रौतहटमा विरोध प्रर्दशन भएको छ । बिहीबार बिहान मेचि महाकालि संयुक्त बुहारी अवाजले बिरोध गरेको हो । बुहारी अवाजका प्रदेश २ का संयोजक पुजा पाठक तिमिल्सीनाको नेतृत्वमा सयौंको सख्यामा बिरोध प्रदर्शन भएका छन् । चन्द्रनिगाहपुरको पूर्व पच्छिम राजमार्ग बाट बिभिन्न नाराको प्लेकार्ड बोकेर निकालिएका बिरोध ¥यालि चन्द्रपुरको बिभिन्न ठाउ“को परिक्रमा गरी इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर अगाडी कोण सभामा परिणत गरेका थिए । बिरोध भइरहदा चन्द्रनिगाहपुरका स्थानियले सहयोग तथा साथ नदिएको संयोजक संयोजक तिमिल्सीनाको गुनासो रहेको छ । छोरी चेलि जहांको भएपनि हिंसा तथा अन्यायमा पर्दा सबै नेपाली वासिले न्यायको लागी लडनु पर्ने उनको भनाई रहेको छ । भागरथी भट्ट पच्छिमको चेलि भए त के भो ? उनि नेपालि छोरी थिए प्रदेश २ संयोजक तिमिल्सीना भनिन, नेपाली बुहारी वा छोरीमाथि अन्याय भए हामी चप लगेर बस्ने बाला छैनौं । सो बिरोध ¥यालिमा मेचि महाकालि संयुक्त बुहारी अवाज रौतहटका उपाअध्यक्ष अनिता घिमिरे, सह संयोजक रत्ना चौधरी, सचिव गोमा राई, सदस्य बिमला रावलको सहभागीता रहेको थियो । यस्तै मेचि महाकालि संयुक्त बुहारी अवाज बाराका उपाअध्यक्ष साबित्री बराल, सदस्य शान्ती लामा, रत्न बर्तौला र सरिता देवकोटा रहेको थियो यता सर्लाहीका मेचि महाकालि संयुक्त बुहारी अवाजका सह कोषा अध्यक्षय निषा ठकुरी, सह संयोजक अन्जना कडरिया, रमा काफ्ले सदस्य गिता राउत, गंगा देवी भन्डारी, अन्जना नेपाल सहभागिता रहेको थियो ।