बसन्त लामा,चन्द्रपुर,१ फागुन ।
चन्द्रपुर नगरपालिका को वडा नम्बर ३ मोरोङगे र रतौली पाखामा बसोबास गर्दै आइरहेका स्थानीयका लागि बिजुली बत्ती बाल्न धमाधम बिजुली को पोल गाढ्ने कार्य अगाडी भइरहेको छ । तत्काल मोरोङगे रतौली मा रहेको २ सय भन्दा बढी घर परिवार लाइ लक्षित गरि केहि दिन भित्रमानै बिजुली बत्ती बाल्न लागिएको हो ।
सो स्थानमा बसोबास गर्दे आएका बासिन्दा बर्षौ देखि टुकी र सोलर बत्ती को सहारा मा जिबिका बिताउदै आइरहेका थिय ।
लामो समय सम्म बिजुली बत्तीबाट वन्चित रहेको असस्थालाइ मध्यनजर गर्दै बिधुत प्राधिकरण को लागतमा चन्द्रपुर नगरपालिका को वडा नम्बर ३ मा रहेको श्री तिलेस्वर नाथ सामुदायिक वन उपभोक्ता समितिको अध्यक्ष राजु धामीको पहल मा त्यस ठाउमा बिजुली पु¥याइएको हो ।
सो ठाउमा मात्र बिजुली बाल्दा स्थानियले बिरोध गर्ने र अन्य स्थान मा बसोबास गर्दै आइरहेको स्थानिय ओझेलमा पर्ने भएको ले क्रमैसंगै डुमरजोरको पाखा ,झुले खोप, सुत्ने खोला र स्याल डाडा सम्म जसरी भएपनि बिजुली बती पु¥याउने लक्ष रहेको समाज सेवी राजु धामीले बताए । धामी बिगतको दिमा पनि स्थानियलाइ परेको समस्या बाढी पिडीत बाटो घाटो सामाजिक कार्य र स्थानिय लाइ परेको समस्या लाइ हल गर्दै र सहयोग गर्दै आइरहेको तिलेस्वर नाथ सामुदायिक वन उपभोक्ता समिति को कोषाअध्यक्ष भूनेस्वर गुरो ले बताए । राजु धामिकै पहलमा रौतहट जिल्लामा पहिलो पटक जनजाति महासंघको भवन निर्माण गर्न डीपीआर तयार गरि शहरी मन्त्रालय पठाई सकेको र भवन निर्माण को लागि केहिदिन भित्र मा नै आर्थिक रकम बिनियोजन हुने बताइएको छ ।
महेन्द्र राजमार्ग हुदै उत्तर १० किल्लो मिटरको कालोपत्रे सडक को डीपीआर सम्पन्न गरि शहरी बिकास मन्त्रालय पठाई सकेको र यो आर्थिक बर्षमा रकम बिनियोजन हुने धामीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here