रौतहट,३ फागुन । रौतहटबाट एकै दिन पाच जना फरार अभियुक्त पक्राउ परेका छन् । विभिन्न समयमा अपराध तथा गैरकानूनी कार्य गरी लामो समय देखी फरार रहदै आएका ५ अभियुक्तहरुलाई रौतहट प्रहरीले पक्राउ गरेको हो ।
विभिन्न समयमा अपराधका घटना घटाएर गाँउघरमा लुकीछिपी बस्दै आएकाहरुलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । पक्राउ पर्नेहरुमा रौतहटको गुजरा नगरपालिका वडा नं.६ वेदौलीका सन्दीप कुमार यादव भन्ने अजय कुमार यादव, चन्द्रपुर ३ गैडाटारका पूर्ण बहादुर मोक्तान, रमन तिवारी भन्ने बुद्धि बहादुर तिवारी, पुरण धामी तथा विजय धामी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी भरत श्रेष्ठले जानकारी दिए ।
यस वर्षको श्रावण देखी हाल सम्म प्रहरीले ४२ जना कैद तथा जरिवाना तोकिएका अभियुक्तलाई पक्राउ गरेको छ ।