रौतहटको सदरमुकाम गौरमा नेपाली काग्रेंस पार्टीका नेता कार्यकर्ताले प्रधानमन्त्री केपी ओलीको विरोधमा जुलुस प्रर्दशन गरेको छन ।
गौरको राइसमिलबाट शुरु भएको जुलुसले नगरपरिक्रमा गर्दै प्रधानमन्त्री ओलीको विरोधमा चर्को नारावाजी गरेको थियो । संसद विघटनको विरोधमा काग्रेंसले देशै भरी आज विरोधको कार्यक्रम गरेको हो । कार्यक्रममा सहभागी रौतहट क्षेत्र नं. ४ का पूर्व सासंद देव प्रसाद तिमल्सीनाले प्रधानमन्त्री ओलिको कारणले देशले दुख पाएको बताए ।
प्रर्दशनमा सहभागि रहेका नेता तिमल्सीनाले प्रधानमन्त्रीले संविधान माथि कुठाराघात गरेर अधिनायकवाद देखाएको आरोप लगाए । सरकारले गरेको गैरसंवैधानिक कामको फैसला अब अदालतले गर्ने भएकोले ३ करोड जनताले न्यायलय तर्फ हेरिरहेको उनले बताए । देश र संविधानको रक्षाका लागी काग्रेंसले आन्दोलन गरिरहेको उनको तर्क थियो ।
दोश्रो चरणको अन्तीम कार्यक्रम अन्तर्गत आज भएको वृहद जुलुस प्रर्दशनमा काग्रेंसका नेताहरुले प्रधानमन्त्री ओलीको कदमको विरोध गर्दै संसद पुनःस्थापनाको माँग गरेका थिए । उनीहरुले राष्ट्रपति र प्रधानमन्त्रीको विरोधमा चर्को नारावाजी गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here