गौर,५ फागुन । रौतहटको गौरमा रहेको एक एफएमका स्टेशन म्यानेजरले आफ्नै घरमा काम गर्ने एक बालिकालाइ यौन दुर्ववहार गरेका छन् । गौरमा रहेको सास्कृती एफएमका स्टेशन म्यानेजर भारतीय नागरिक सुर्दसन पाठकले आफ्नै घरमा काम गर्ने १२ बर्षकी बालिका माथि यौन दुर्ववहार गरेको भन्दै बालिका आफ्न्तका साथ जिल्ला प्रहरी कार्यलय गौरमा पुगेकी छिन् । पाठक जनता समाजवादी पार्टीका अध्यक्ष मण्डलका सदस्य तथा पुर्व मन्त्री अनिल झाका ससुरा हुन् ।
बालिका माथि यौन दुर्ववहार भएको बिषयमा जिल्ला प्रहरी कार्यलय रौतहटका प्रमुख एसपी सिद्धि बिक्रम शाहले बालिकालाई काउन्सिलिङ गर्ने काम भईरहेको जानकारी दिएकाछन् । बालिका माथि यौन दुर्ववहार गर्ने पाठकको खोजी भइरहेको सामेत एसपी साहले जानकारी दिएकाछन् ।
बुधबार बिहान १० बजेको समयमा घरमा कोही नभएको बेलामा कोठामा बोलाएर पाठकले बालिकाको कपडा खोल्न थालेपछि बालिका पाठकलाई छक्याउदै भागेर सिर्सिया गाउमा पुगेपछि पाठक उनलाई खोज्दै सो गाउमा पुगेको र स्थानीयले प्रहरीलाई खबर गरेपछि उनी भागेको स्थानीय बासिन्दा अर्जुन सिंहले तराई एक्सप्रेसलाई जानकारी दिएकाछन् ।
सो बिषयमा बुझनका लागि तराई एक्सप्रेसले भारतीय नागरिक पाठकले बोक्ने गरेको ९८५५०४०४८२ नम्बरको मोवाईलमा सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन् । उनी भारत तिरै भागेको अनुमान लगाइएको छ ।
पुर्व मन्त्री तथा रौतहट क्षेत्रनं १ का सांसद अनिल कुमार झाले सांचालन गरेको सो एफएमको स्टेशन म्यानेजर उनले आफ्ना ससुरालाई बनाएका थिय ।