गौर,५ फागुन । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य किरण साह नेकपा ओली समुहमा प्रवेस गरेकाछन् । उनले मंगलबार राजधानीमा प्रधानमन्त्री केपी ओलीको हातबाट टिका लगाएर पार्टी प्रवेस गरेका हुन् । गएको संसदिय निर्वाचनमा रौतहट क्षेत्रनं २ बाट निर्बाचनमा उमेदवार बनेका साहले हाल जेलमा रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्व मन्त्री आफताव आलमसंग झिनो मतले चुनाव हारेका थिय । पहिला माओवादी त्यसपछि नया“ शक्ति पार्टी ,फोरम ता समाजवादी पार्टी हुदै साह पछिल्लो समय आएर फेरी नेकपामा प्रवेस गरेका हुन् । कुनै समय नेकपा नेता प्रभु साहसंग राम्रो सम्बन्ध भएका किरण साह प्रभु साहसंगै सम्बन्ध बिग्रेपछि मधेसवादी दलमा प्रवेस गरेका थिय ।
गएको निर्वाचनमा १६८६५ मत ल्याएका साह अफताव आलमसंग १५५५ मतले पराजित भएका थिय । जनता समाजवादी पार्टीले देश र मधेसको हितमा काम नगर्ने देखेर आफुले नेकपा प्रवेश गरेको साहले प्रतिक्रिया दिएका छन् । उनले तराई एक्सप्रेससंग कुरा गर्दे भने मधेसवादी दलले मधेसी उकासेर आफ्ना नाता गोताका मान्छेलाई मात्र स्थान दिएको र अवको दिनमा देश विकासका लागि एक मात्र बिकल्प केपी ओली देखेका कारण आफु नेकपा प्रवेस गरेको बताए । साह नेकपा प्रवेससंगै अव रौतहट क्षेत्रनं २ बाट उनी केपी ओलीको पक्षबाट निर्वाचन लडने पक्का भएको जानकारहरु बताउछन् । केही जानकारहरुले उनले आव पहिलाको भन्दा कम मत ल्याउने आंकलन गरेकाछन् । किरणको नेकपा प्रवेसले जनता समाजवादी पार्टीलाई ठुलै धक्का लाग्ने आंकलन गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here