पटना,५ फागुन ।
भारतमा एक बालिकालाई बलात्कार गरी गर्भवती बनाउने हडमासटरलाई फाँसीको सजाय सुनाइएको छ । कक्षा ५ मा अध्ययनरत ११ वर्षीया बालिकालाई बलात्कार गरेर गर्भवती बनाएको भन्दै उनलाई मृत्युदण्डको सजाय सुनाइएको हो । भारतको बिहार राज्यको राजधानी पटनामा रहेको विद्यालयमा पढ्ने सो बालिकामाथि हेडमास्टर अरविन्द कुमारले बलात्कार गरेका थिए । बालिका गर्भवती भएपछि मात्र बलात्कारको घटना सार्वजनिक भएको थियो । बालिकाले आफ्नी आमालाई पेट दुखेको बताएपछि अस्पतालमा उनी गर्भवती भएको पत्ता लागेको थियो ।
त्यसपछि बालिकाले प्रधानाध्यापकले उनको कक्षमै आफूमाथि बलात्कार गरेको खुलासा गरेकी थिइन् ।
प्रधानाध्यापकलाई त्यहाको नागरिक अदालतले फासीको सजाय सुनाएको एनडीटीभीले जनाएको छ ।यस घटनामा सहयोगीको भूमिका खेलेको पुष्टि भएपछि सोही विद्यालयका एक प्रशासनिक कर्मचारी अभिषेकलाई भने जन्मकैदको फैसला सुनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here