चन्द्रपुर,५ फागुन । जिल्लाका अधिकांस स्थानीय तहले राखेका बिद्युतीय हाजिरी मेशीन प्रभावहिन भएको छ । स्थानीय तहले आफ्नो मातहतका सरकारी कार्यलयमा राखेका विद्युतीय हाजिरी मेशिनले काम गर्न छाडेको छ । जिल्लाको चन्द्रपुर नगरपालिका वडानं १ को कार्यलयमा रहेको विद्युतीय हाजिरी मेशिन देखाउन मात्र राखिय जस्तो भयो ,एक कर्मचारीले भने । सो स्थानमा रहेको हाजिरी मेशिन राखेदेखी कर्मचारी मेशिनमा हाजिर नगरेको कर्मचारीहरुको भनाइ रहेको छ । चन्द्रपुर नगरपालिकाको कार्यलयमा रहेको विद्युतीय हाजिरी मेशिन भने कोरोनाको महामारीका बेलाबाट बन्द भएको नगरपालिकाका सुचना अधिकृत राजेश सागरले तराई एक्सप्रेसलाई जानकारी दिए ।
तर कोरोना भन्दा पहिला नगरपालिकाले नगरका सबै सामुदायीक विद्यालयमा हालेको विद्युतीय हाजिरी मेशनले काम नगर्ने गरेको अधिकांस शिक्षकहरुको भनाइ रहेको छ ।
आर्थिक बर्ष २०७६÷७७ बाट चन्द्रपुर नगरपालिकाले वितरण गरेको विद्युतिय हाजिरी मेशिनले कामै नगरेको र त्यसबाट हाजिर प्रिन्ट समेत नभएको एक द्यिालयका शिक्षकले बताए । नगरपालिकाले शिक्षा समिति मार्फत खरिद गरेर दिएको हाजिरी मेशिन नामको मात्र रहेको कुनै विद्यालयमा समेत हाजिरको प्रिन्ट नहुने गरेको ती विद्यालयहरुले बताएका छन् ।
चन्द्रपुर नगरपालिकाबाट बिनियोजित रकमबाट शिक्षा समितिले बिद्युतीय हाजिरी मेशिन खरिद गरेका सामुदायीक विद्यालयहरुलाइ दिएको थियो । चन्द्रपुर नगरपालिका मात्र नभएर जिल्लाका अधिकास स्थानीय तहले राखेको हाजिरी मेशिन देखावटी मात्र भएको पाईन्छ । विद्युतीय हाजिरी मेशिन राखेपछि कर्मचारी समयमा आउने र काम प्रभावकारी हुने बताइएको भएपनि त्यसो हुन सकेको पाइदैन् ।