गरुडा,७ फागुन । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य किरण साहले पार्टी परित्याग गरेपछि रौतहटमा जसपालाई ११ हजारको झटका लागेको गुनासो बढी रहेका बेला जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य कन्थमनी प्रसाद जयसवालले जसपालाई कुनै असर नपरेको दावी गरेका छन् । किरण साहको पार्टी परित्यागले जसपालाई कुनै किसिमको बालवाखा नभएकाए नेता जयसवालले दावी गरे । मधेशवादी पार्टीबाट साह जस्ता धोखेवाज गएपनि पार्टीलाई कुनै फरक नपरेको उनका भनाई रहेको छ । किरण साह छनभरीको लोभ लाल्च र व्यक्तिगत लोभमा परी पार्टी परित्याग गरेको समेत नेता तथा समाजसेवी जयसवालले दावी गरेका छन् । साह चुनाव लडने क्षेत्र नं २ मा अब कस्लाई टिकट दिने प्रश्न उठेको छ । यस विषयमा तराई एक्सप्रेसले नेता जयसवालसंग बुझदा पार्टीले हाल कुनै किसिमको निष्कर्ष न निकालेको र चाडै सो निष्कर्ष पनि हुने बताएका छन् । यता सो विषयमा तराई एक्सप्रेसले पार्टी परित्याग गरेका साहसंग बुझदा साह भने जनता समाजवादी पार्टीले मधेशको नाममा दलाली गर्ने गरेको छ । त्यसैले जनता समाजवादी पार्टीले देश र मधेसको हितमा काम नगर्ने देखेर आफुले नेकपा प्रवेश गरेको साहले प्रतिक्रिया दिएका छन् ।
उनले तराई एक्सप्रेससंग कुरा गर्दे भने मधेसवादी दलले मधेसी उकासेर आफ्ना नाता गोताका मान्छेलाई मात्र स्थान दिएको र अवको दिनमा देश विकासका लागि एक मात्र बिकल्प केपी ओली देखेका कारण आफु नेकपा प्रवेस गरेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here