चन्द्रपुर,८ फागुन । नेपाली कांग्रेसका उपसभापति तथा पुर्व उप प्रधानमन्त्री बिमलेन्द्र निधिले कांग्रेस पार्टी सर्बोच्च अदालतको जुनसकै निर्णय पनि मान्न तयार रहेको बताएका छन । रौतहटको चन्द्रनिगाहपुरमा आयोजित पत्रकार सम्मेलनमा उप सभापति निधिले यस्तो बताएका हुन । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधि सभा बिघटनको निर्णय अलोकतान्त्रीक र असंबैधानिक भएतापनि यदी अदालतले संसद पुर्न स्थपाना नगर्ने फैसला गर्यो भने कांग्रेस निर्वाचनमा पनि जान तयारी रहेको निधिले बताए ।
प्रधानमन्त्रीको कदमको बिरुद्ध कांग्रेस चुप लागेर नबसेको बताउदै उपसभापति निधिले कांग्रेस अदालतको फैसला कुरेर बसको बताएका छन । उपसभापति निधिले भने ढिलो चाडो निर्वाचनमा नै जानु पर्ने भएको हुदा संसद पुर्न स्थापना नभए कांग्रेस निर्वाचनमा जान तयार छ । नेपाली कांग्रेसको प्रष्ट धारणा भनेको अदालतको फैसाला नै हो, यसमा कुनै दोहोरो भुमिका छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here