अशोक पहाडी
,रौतहट,९ फागुन ।
डिभिजन वन कार्यलयले चिरान काठ सहित एउटा पिकप भ्यान बरामद गरेको छ । रौतहटको बागमती सव डिभिजन कार्यलय अन्र्तगतको वन क्षेत्रबाट लान लागेको अवस्थामा बा १६ च २२३३ नम्बरको भ्यान बरामद गरेको हो । सहायक वन अधिकृत अमरदेव यादवको कमाण्डमा गएको वन गस्ति टोलीले ४६ थान चिरान काठ बरामद गरेको डिभिजन वन कार्यलय रौतहटका प्रमुख बिनोद सिंहले जानकारी दिए । बरामद भएको काठ ५३.८ क्युफिट रहेको सिहले जानकारी दिए । गाडी नियन्त्रणमा लिनका लागि सशस्त्र वन रक्षकले ४ राउण्ड गोली समेत चलाउनु परेको कार्यलय प्रमुख सिंहले जानकारी दिए । काठ तस्करले गाडी नरोकी भगाउन थालेपछि गोली चलाएर गाडी नियन्त्रणमा लिइएको हो । तस्कर समुह भने गाडी छाडेर भागेका थिय । राती १२ बजेको समयमा गाडी नियन्त्रणमा लिइएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here