रुपेन्द्र पटेल
रौहतट, १० फागुन ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल पक्षले ६५ जिल्लाको नेतृत्व चयन गरेको छ । केन्द्रीय सचिवालयले जिल्ला अध्यक्ष र सचिव चयन गरेको हो । बा“की रहेका १२ जिल्लामा प्रदेशका पदाधिकारीहरूले परामर्श गरेर यथाशीघ्र नाम सिफारिस गर्ने नेकपा प्रचण्ड–माधव पक्षले जानकारी दिएको छ । यस्तै रौतहटबाट अध्यक्ष पदमा कमल यादव र सचिव पदमा संविधम संविधान सभा सदस्य एवम् नेकपा रौतहटका युवा नेता देबेन्द्र पटेललाई जिल्ला नियुक्त गरेको छ । नव नियुक्त अध्यक्ष यादव र सचिव पटेललाई समाजिक सञ्जाल फेसबुकमा बधाई दिनेको भिड लागेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here