अशोक पहाडी ,रौतहट,११ फागुन । सिरमा देश मनमा मधेस भन्दै प्रदेश २ को प्रदेश प्रमुखको जिम्बेवारी सम्हालेको तीन दिनमै राजेस झाले उदाहरणीय काम गरेकाछन् । स्कटीङमा सवार भिआइपीहरु सकभर बाटोमा दुर्घटना भएको देखेभने त्यहाबाट छिटो निस्कने उपायहरु खोज्छन । त्यसको विपरित झाले दुर्घटनामा परेकाहरुको आफै उद्धार गरेर गतीलो उदाहारण प्रस्तुत गरेकाछन् ।
सुरक्षा गार्डको अगुवा पछुवा लगाएर हिडने भिआइपिले जाममा परिन्छ की भन्ने चिन्तामा दाया बाया नहेरी हिडने गरेकोमा झाले बाटोमा सवारी दुर्घटनामा परेकाको आफै उद्धार गरेका छन् । मंगलवार बिहानको दृश्य फरक देखियो । दुइ वटा मोटरसाइकल ठोक्कीएर चार जना घाइते भए । संयोग प्रदेश २का प्रमुख डा. राजेश झा त्यही बाटो जादै थिए ।
उनी एक कार्यक्रममा सहभागी हुन मंगलवार बिहान जनकपुर बाट बाराको जीतपुर जादै थिए । जितपुर जाने क्रममा चन्द्रपुर निजगढ सडक खण्डको जंगलमा बिहान साढे १० बजे दुइवटा मोटरसाइल ठोक्कीएर दुर्घटना भइ चारजना घाइतेहरु छटपटाइरहेको उनले देखे ।
घाइते देख्ने बितिकै स्कटीङमा हुइकिइहेका प्रमुख झाले गाडी रोक्न लगाए आफु घाइते बोक्न खटीए । आफ्नो सुरक्षामा खटीएका एकजना सुरक्षाकर्मी घाइतेको साथ लगाएर अस्पताल सम्म पठाए ।
चन्द्रपुर र लमाहा को बिचमा पर्ने लच्का नजिकै दुर्घटनामा ना ५६ प ७३६५ र बिआर ३०जे ९३९७ नम्वरको दुइवटा मोटरसाइकल ठोक्कीदा सुरज पहरी, जित बहादुर पहरी , बिकाश यादव, चित्ररेखा यादव घाइते भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।
नागरिकको सुरक्षा पहिलो जिम्मेवारी भएका् र अन्य कार्यक्रम भन्दा पनि नागरीकको ज्यान बचाउने कार्य पहिले भएकाले सडकमा छटपटाइरहेका घाइतेहरु लाइ तत्काल अस्पताल पुर्याउन सहयोग गर्नु हरेक नागरीकको कर्तव्य रहेको प्रदेश प्रमुख झाले प्रतिकृया दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here