रुपेन्द्र पटेल
चन्द्रपुर,१२ फागुन । जिल्ला ट्राफिक प्रहरी कार्यलय रौतहटले सवारी चालकलाई ट्राफिक नियम सम्बन्धी जानकारी दिएको छ । रौतहट जिल्ला गरुडा नगरपालिकाको मुख्य चोकमा अस्थायी ट्राफिक प्रहरी पोष्ट गरुडा रौतहटको प्रसनि शैलेन्द्र प्रसाद यादवले ३५ जना बिभिन्न सवारी साधनका चालकहरुलाई ट्राफिक नियम तथा सवारी दुर्घटना न्युनिकरण सम्बन्धी प्रशिक्षण दिएकाछन् । चन्द्रपुर नगरपालिका ९ डुमरीया कार्यालय अगाडी अस्थायी ट्राफिक प्रहरी पोष्ट डुमरीया रौतहटको प्रसनि प्रभु नारायण चौधरीले ३५ जना बिभिन्न सवारी साधनका चालकहरुसंग ट्राफिक नियम तथा सवारी दुर्घटना न्युनिकरण सम्बन्धी चालक संग १ मिनेट कार्यक्रम गरिएको थियो । पछिल्लो समय जिल्ला ट्राफिक प्रहरी कार्यलय चन्द्रनिगाहपुर रौतहटले सवारी दुर्घटना न्युनिकरणका लागि बिभिन्न कार्यक्रम गर्दे आएको जिल्ला ट्राफिक प्रहरी कार्यलय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी निरीक्षक शैलेश न्यौपानेले जानकारी दिएकाछन् । सवारी दुर्घटना न्युनिकरणका लागि पछिल्लो समय बिभिन्न कार्यक्रम गर्दै आएको न्यौपानेले जानकारी दिएकाछन् ।