बसन्त लामा
निजगढ, १३ फागुन ।
निजगढ भरतगञ्ज फापरवारी जोडने बाटो निर्माण समपन्न भएको १५ दिन नबित्दै कालोपत्रे भत्किएको छ । रोड निर्माण भएको १५ दिन नबित्दै निजगढ नगरपालिका को वडा नम्बर २ को प्रतिक्षालय आसपासमा कालोपत्रे रोड भत्किएको हो ।
पहिलो समय सिंगौलको स्थानीय बासिन्दा आस्फाल्ट पिच बाटोमा हिड्नु पाउदा खुशी भैरहेको अबस्थामा बाटो निर्माण कार्य समपन्न भएर १५ दिन नबित्दै रोड भत्केपछि निराश बनेको छ । सो बाटोको निर्माण रञ्जन निर्माण सेवा कम्पनि ले मिति २०७४ असार ३० गते बाट निर्माण कार्य सुरु गरियको थियो । समझौताको कागजमा बनेको बाटोको दुवै भागमा नाला सहित ११,५६.३६४८२ ÷६१ ( एघार करोड छपन्न लाख छतिश हजार चार सय एकसठी पैसा ) भ्याट सहित ६ किल्लो मिटरको आस्फाल्ट पिच रोडको निर्माण गर्नु पर्ने उलेखित गरियको हो । नाला सहित को बाटो निर्माण गर्नु पर्ने भएपनि नाला भने सिंगौल गाउ“को आसपासमा १ किल्लो मिटर मात्र निर्माण गरिएको थियो ।
सिंगौलमा पहिलो पटक आस्फाल्ट पिचको बाटो निर्माण भएको हुदा आस्फाल्ट पिचमा बनाउदा के कति र कुन कुन सामाग्री बाट आस्फाल्ट पिच तयार गरिन्छ भनि जानकारी नहुदा रोड उक्एएको छ । निजगढ भरतगञ्ज फापवारी जोडने बाटो को स्टमीट हेर्न पटक पटक माग्दा समेत दिन इन्कार गर्दै आयकोछ । निर्माण समपन्न गरियको बाटोमा बाटोको बेस तयार गर्ने समयमा नै बेसको मापदण्ड पुरा गरेको देखिदैन । आस्फाल्ट तयार गर्दा मट्टीतेलको आगो ले डढायर तयारगर्नु पर्ने भयता पनि मट्टीतेल प्रयोग गरिदा खर्च बढी लाग्ने हुदा मट्टीतेल प्रयोग नगरी फर्मिकोयल ले आस्फाल्ट तयार गरेको छ । यसै कारण सिंगौलमा निर्माण कार्य समपन्न भएको आस्फाल्ट पिच बाटो १५ दिन नपुग्दै उपकेको र भत्किने गरेको छ । नेपालमा ६ महिना गर्मि र ६ महिना जाडो हुने गरेको ले समयको ख्याल नै नगरी अधिकास स्थानमा एकै किसिमको रोडमा लाग्ने सामाग्री प्रयोग गरि रोड निर्माण गर्दै आइरहेको ले औशीमा कालोपत्रे गरेर पुर्ने मा उपकिने फुटने भासिने गरेको हो ।
सिंगौलमा मात्र नभई निजगढ को धियाँल टोलमा पनि धमाधम निर्माण भैरहेको बाटोमा सोहि अनुसारको सामाग्री प्रयोग गरेर बाटो निर्माण रन्जन निर्माण सेवा कम्पनिले गरियकोछ । आफ्नो गाउँको बाटो यसरि बनिरहेको अबस्थामा पनि स्थानीय सरोकारवाला सम्बन्धित निकाय को यसप्रति ध्यानजान सकेकोछैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here