अशोक पहाडी
रौतहट,१४ फागुन । ट्याक्टरले किचेर एक जनाको ज्यान गएको छ । जिल्लाको बृन्दावन नगरपालिका वडा नं—१ रामपुरमा ट्याक्टरबाट किचिएर एक जनाको ज्यान गएको हो । ट्याक्टरमा बालुवा लोड गरि लैजादै गरेको अवस्थामा ट्याक्टरबाट खस्दा टेलरको चक्काले किचिएर सर्लाही घर भई हाल चन्द्रपुर नगरपालिका वडा नम्बर ६ मा बसोबास गर्दै आएका ६२ बर्षिय घ्याम्पे भनिने रामजी कुस्वारको घटना स्थलमा मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपि लिलाराज लामिछानेले बताएका छन् । ना ७ त ५५३१ नम्बरको ट्याक्टरबाट मृतक खसेको थियो । सो ट्याक्टरका चालक चन्द्रपुर—६ का मिन बहादुर आलेसहित ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान अगाडी बढाइएको प्रहरीले जनाएको छ । मृतक ट्याक्टरका लेवर हुन ।