चन्द्रपुर,१५ फागुन । जिल्लामा पछिल्लो समय प्रबिधिको विकासंगै घरघरमै बोलाएर धान कुटान गर्ने क्रम बढदै जान थालेको छ । रौतहटको चन्द्रनिगाहपुर लगाएतका स्थानमा घरघरमा धान कुटाउनेको माग बढन थालेको छ । रौतहटको चन्द्रपुर नगरपालिकामा एक कल फोन गरेमा धान कुटाउने मिल घरमै पुग्ने गरेको छ । प्रविधिको विकासंगै अब घरघरमानै धान कुटाउन थालेपछि स्थानिय सेवाग्राही खुशी भएका छन भने मिल ब्यावसायी मारमा परेका छन । भारी बोकेर चन्द्रनिगाहपुर बजार वा चोकमा धाउनु पर्ने बाध्यता हटेको चन्द्रपुर—६ थोकर टोलका विर बहादुर लामाले बताए । मिलमा धान पिसान कुटान गर्दा प्रति किलो १ रुपिया ५० पैसा लाग्ने र घरमा नै कुटान गर्दा भने २ रुपिया ५० पैसा लाग्ने गरेको उनले बताए । मिलमानै कुटान गर्न लैजादा केही सस्तो भएतापनि समयको बचत नहुने र घरमा नै कुटान गर्दा झन्झटबाट मुक्त हुने हुदा आफुहरुले घरमानै फोन गरि बोलाउने गरेको उनीहरुल बताएका छन । ट्याक्टरको टेलरमा नै मिल सेटिङ गरेर घर घरमा नै आफुहरुले सेवा दिने गरेको सञ्चालक हरदेव साहले बताएका छन ।
फोनको भरमा मिलनै आफ्नै घरमा आउदा समयको बचत भएको र सजिलो समेत भएको स्थानीयको भनाइ रहेको छ । सानो सेलर मिल ट्रेक्टरमा फिट गरेर आफुले घर घरमै गएर सेवा दिने काम थालेको संचालक साहको भनाइ रहेको छ ।