वीरगन्ज,१४ फागुन । बाराको परवानीपुर गाँउपालिकामा अवलोकन भ्रमणको नाममा बजेट रकम दुरुपयोग हुन थालेको पाएको छ । जनताबाट निर्वाचित जनप्रतिनिधिहरुले नै अवलोकन भ्रमणको नाममा बजेट रकम दुरुपयोग गर्न थालेका हुन । गाँउपालिकाको चारलाख बजेट छुटयाएर ४ दिनका लागी २० जना भन्दा बढि जनप्रतिनिधि अवलोकन भ्रमणका लागी निस्केको पाएको छ । अवलोकन भ्रमणका लागी विभिन्न जिल्लाका तिनवटा विभिन्न पालिकालाई अवलोकण भ्रमण गर्न कार्यक्रम रहेको परवानीपुर गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुनिल चौरसीयाले जानकारी दिए । उनका अनुसार बाहिरको अन्यका पालिकाको अवलोकन भ्रमण गरेर जनप्रतिनिधिहरु आएपछि आफ्नो पालिकाको काम कारवाहीमा परिवर्तन ल्याउने बताए । उनीहरु अवलोकन भ्रमणका लागी निजि र सरकारी सहित चारवटा गाडी लगेका छन । स्रोतका अनुसार कार्यपालिका कै बैठक बसेर उनीहरु अवलोकन भ्रमणको नाममा रकम निकासि गरेका छन । कर्मचारी स्रोतका अनुसार गाँउपालिकाबाट अवलोकन भ्रमणका लागी निस्केका जनप्रतिनिधिहरु आफ्ना निकटका व्यतिm संगै आफ्ना ठाँउमा परिवारका सदस्यलाई पनि पठाएका छन ।
गाँउपालिकाको बजेटमा अवलोकन भ्रमणको बहाना बनाएर रकम सिध्याउने कार्य मान्य नहुने स्थानीयबासीको भनाई छ । जनतामा बिकाशका लागी आएको बजेट रकमलाई नप्रतिनिधिहरु बहाना बनाएर दुरुपयोग गरे मान्य नहुने स्थानीयबासीको चेतावनी रहेको छ । यसअघि अवलोकन भ्रमणको नाममै परवानीपुर गाँउपालिकाका कर्मचारीहरुले डेढ लाख खर्च गरेर चार दिन भ्रमण गरीसकेका छन ।
