वीरगन्ज,१४ फागुन बाराको प्रसौनी गाँउपालिकामा आर्थिक बर्ष २०७६/०७७ मा दलित तथा विपन्न परिवारलाई खानेपानी शिर्षकमा छुटयाईएको बजेट ब्यापक भ्रष्टचार भएपछि अख्तियारमा उजुरी दर्ता भएको छ । प्रसौनी गाँउपालिकाका अध्यक्ष भोला साहको अगुवाई र निर्देशनमा उक्त शिर्षकमा ब्यापक भ्रष्टचार भएपछि गाँउपालिका दलित समुदायले उजुरी दर्ता गरेका हुन । गाँउपालिकाका भित्रका दलित तथा विपन्न परिवारलाई स्वच्छ खानेपानी उपलब्ध गराउनका लागी नेपाल सरकार द्धारा श–सर्त अनुदानमा १–१ थान फिल्टर वितरणका लागी ५० लाख बजेट विनियोजन भएको थियो । जसमध्ये दलित तथा विपन्न परिवार र गैर दलितलाई खानेपानी वितरण गर्दै ४३ लाख रुकम खर्च गरेर ७ लाख भ्रष्टचार भएपछि कारवाहीको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडामा उजुरी दर्ता भएको हो । प्रसौनी गाँउपालिकाका दलित समुदायले दलित तथा विपन्न परिवारलाई खानेपानीको नाममा भएको भ्रष्चारलाई छानबिन गरी कारवाहीका माग गर्दे उजुरी दर्ता गरेका छन । दलित समुदायका अनुसार प्रसौनी गाँउपालिकाका अध्यक्ष साहको निर्देशनमा दलित तथा विपन्न परिवारलाई बाईपास गरी हुने खानेले खानेपानीको नाममा सेवा पाएका छन ।