रुपेन्द्र पटेल
चन्द्रपुर, १५ फागुन ।
रौतहटको चन्द्रपुर नगरपालिका–८ स्थित बसन्तपुरमा ३९ औ मगर दिबस मनाइएको छ । नेपाल मगर संघ जिल्ला कार्य समिति रौतहटको आयोजनमा शनिबार मगर समुदायको संस्कृती जगाउने उदेश्यका साथ दिबस हरेक बर्ष फागुन १५ गते मगर समुदायले मगर दिवस मनाउदै आएका छन । मगर समुदायको भेषभुषा, झाकी, कला प्रदर्शन गरिएको नेपाल मगर संघ जिल्ला कार्य समिति रौतहटका सचिब रबी राना मगरले बताए । नेपालको सबैभन्दा पुरानो आदिबासी समुदायमा पर्ने मगर समुदायले आफनो पहिचान कायम राख्न दिबस मनाउदै आएको नेपाल मगर संघ रौतहटका अध्यक्ष दिल बहादुर आले मगरले बताएका छन् । नेपाल मगर संघ रौतहटका अध्यक्ष दिल बहादुर आले मगरको सभाअध्यक्षमा सम्पन्न सो कार्यक्रम प्रमुख अतिथि नेपाल मगर युवा संघका केन्द्रिय सदस्य अशोक सारु मगर रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि सारु मगरले मगर समुदायले मनाउदै आएको मगर दिवस मगर समुदायको राष्ट्रिय उत्सवको रुपमा मनाउदै आएकाले यसलाई राज्यले प्राथमिकतामा राख्नु पर्नेमा जोड दिए । चन्द्रपुर नगरपालिका अन्य जातजातीहरुमध्ये मगर पनि रहेकाले मगर समुदायलाई पनि आफुले नजिकबाट सम्बोधन गरेको नगर उप प्रमुख रामरती चौधरीले बताईन् । चन्द्रपुर—४ का वडा अध्यक्ष अमर आले , वडा नम्बर १ का वडा अध्यक्ष विरु रखाल , नेपाल मगर संघ प्रदेश २ सदस्य कुमार इस्माली , रौतहट संस्थापक अध्यक्ष उत्तर बहादुर थापा , आदीवासी जनजाती महासंघ चन्द्रपुर समन्वय समितिका अध्यक्ष राजु धामी नेपाल तामाङ घेदुङ रौतहट अध्यक्ष बाल कुमार लामा , नरेन्द्र राना , उदय नारायण सापकोटा , थारु कल्यानकारी संघका अध्यक्ष प्रमोद चौधरी, पत्रकार संजय कार्की लगायत राष्ट्रिय कलाकार ढाकाराम पौड्याल , पार्वती लोहनी लगायत जिल्लाका मगर समुदायका ब्यक्तिहरुको बाक्लो सहभागीता रहेको थियो । सहभागीहरुलाई कलाकारहरुको सांगीतिक प्रस्तुतीले दर्शकहरुलाई झुमाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here