गौर,१५ फागुन । जिल्लाको माधव नारायण नगरपालिकामा विकास भन्दा बढी भ्रष्टाचार हुने गरेको गुनासो बढ्दै जान थालेको छ ।
रौतहटको माधव नारायण नगरपालिकामा २०७३ साल देखि एकै जना कार्यालय प्रमुख रहीरहेका कारण समेत भ्रष्टाचार बढेको स्थानीयको भनाइ रहेको छ । निमित्त प्रमुख प्रशासकिय अधिकृत प्रलव कायस्तकै कारण नगरमा विकास हुन नसकेको स्थानीय बासिन्दा तथा जनता समाजवादी पार्टीको विद्यार्थी नेता ललन यादवले तराई एक्सप्रेसलाई बताए ।
नेपाल सरकारले कम्तीमा एक वर्षमा कार्यालय प्रमुख फेर्ने गरेपनि सो नितिलाई माधवनारायण नगरपालिकामा पालना नभएको देखिएको छ । कार्यालय प्रमुख प्रलव कायस्थ गाउंपालिका रहेको बेला २०७३÷१२÷०९ देखि कार्यरत रहेका छन् । नगरपालिका भएपछी उनलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको थियो । स्थानिय तहको निर्वाचन पछी आएका जनप्रतिनिधिलाई विश्वासमा लिएर सो नगरपालिकामा उनले ब्रम्ह्लुट मच्चाउन सफल भएको विद्यार्थी नेता यादवले बताए ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत कायस्थको पटक पटक गरि विभिन्न मितिमा ५ पटक सरुवा पनि भएको थियो । तर उनले तल देखी माथि सम्म सेटिङ मिलाएर माधव नारयाणमै राज गर्न सफल भएका छन् । जनप्रतिनिधिको समर्थन भन्दा पनि आर्थिक लेनदेनमा प्रमुख भुमिका निभाउदै उनी लामो समय देखी एकै स्थानमा बस्न सफल भएको स्थानीयको भनाइ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here