गौर,१६ फागुन । सशस्त्र प्रहरीले अबैध चल्ला बरामद गरेर नष्ट गरेको छ । भारतबाट चोरबाटो ल्याउदै गरेको हा“स र कुखुराको चल्ला सशस्त्र प्रहरीले बरामद गरेर नष्ट गरेको हो ।
सनिबार बिहान ६ बजेको समयमा ईशनाथ नगरपालिका १ बन्जरहा स्थित सशस्त्र प्रहरी बलको वि.ओ.पि. औरैयाबाट खटिएको गस्ति टोलीले दुई वटा मोटर साईकलमा ल्याउदै गरेको दुई लाख छयालिस हजार दुई सय पचास बराबरको २१५ वटा हाँस र २१० वटा कुखुराको चल्लाहरु बरामद गरेर नष्ट गरेको हो ।
चल्ला ल्याउनेहरु मोटर साईकल छाडी फरार भएको र मोटर साईकल र चल्लाहरुलाई बरामद गरी चल्लाहरुलाई नेपाल प्रहरी क्वारेन्टाईन प्रतिनिधि स्थानीयहरुको रोहबरमा खाडलमा पुरी नष्ट गरेको सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण हेडक्वाटर गौर रौतहटले जनाएको छ । साथै २ वटा मोटर साईकलहरुलाई भन्सार बुझाउने प्रक्रियामा रहेको सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण हेडक्वाटर रौतहटले तराई एक्सप्रेसलाई जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here