काठमाण्डौ,१६ फागुन ।
अमर्यादीत टिप्पणी गरेर आफ्नो मानमर्दन गरेको भन्दै राष्ट्रियसभा सदस्य कोमल वलीले नेकपा नेता रघुजी पन्तविरुद्ध मानहानीको मुद्दा दायर गर्ने भएकी छिन् । उनले आफू अदालत जाने तयारी गरिरहेको जानकारी दिइन् । नेता पन्तले पिडुला देखाएका भरमा केपी ओलीले कोमल वलीलाई सांसद बनाएको टिप्पणी गरेका थिए । एक कार्यक्रममा मन्तव्य व्यक्त गरिरहदा पन्तले कोमल वलीले साडी सारेर पिडुला देखाउदै पोइल जान पाम भनेपछि ओलीले उनलाई केन्द्रीय सदस्य र राष्ट्रिय सभा सदस्य बनाएको टिप्पणी गरेका थिय । पन्तले यसो भनिरहेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
भिडियोमा पन्तले २० औ वर्ष संघर्ष गरेका, विवाह नै नगरी पार्टीमा योगदान दिएका महिलाहरुले कहिल्यै टिकट नपाएको तर गोडा पिडुला देखाउदै पोइल जान पाम भनेपछि कोमल वलीलाई केपी ओलीले सांसद बनाएको बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here