रौतहट,१६ फागुन । गत पुस २० गतेदेखि रोकिएको शिक्षकहरूको जिल्लान्तर सरूवा शर्तसहित खुल्ला भएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ६ वटा शर्त राखेर जिल्लान्तर सरुवा खुल्ला गरेको हो । जिल्लान्तर सरूवा हुने स्थानीय तह तथा जिल्लाभित्रकै एक स्थानीय तहबाट अर्को स्थानीय तहमा सरूवा गर्दा सम्बन्धित स्थानीय तहले दरबन्दी मिलानको कार्य सम्पन्न गरेको प्रतिवेदन प्राप्त भएपछि मात्र सरूवा गर्न सक्ने उल्लेख छ । दरबन्दी मिलान सम्पन्न नगरेको स्थानीय तहहरुमा जिल्लान्तर तथा अन्तर स्थानीय तह सरुवा गर्न नपाइने केन्द्रका सूचना अधिकारी माधवप्रसाद दाहालले तराई एक्सप्रेसलाई जानकारी दिनुभयो । स्थायी पदपुर्तिको लागि शिक्षक सेवा आयोगमा सिफारिस गरिएको पदमा जिल्लान्तर तथा अन्तर स्थानीय तह सरुवा गरी पदपुर्ति गर्न नपाइने उहाँको भनाइ छ । केन्द्रले आज सबै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाइलाई पत्राचार गरी जिल्लान्तर सरुवा भइ आउने शिक्षकहरुको विवरण पाक्षिक रुपमा केन्द्रमा अनिवार्य पठाउन निर्देशन दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here